
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार सेवा सुरु गर्नुभएको छ । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय डा. सायमी केएमसीमा आवद्ध हुनुभएको हो ।
प्रा.डा.सायमीले साउन १ गतेदेखि उपचार सेवा सुरु गर्नुभएको केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिनुभयो । उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई ल्याएर मुटुरोग विभागलाई थप मजबुत बनाएको छ ।
शहीद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहनुभएका सायमीले २१ वर्ष तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको निजी चिकित्सकको रूपमा काम गर्नुभएको थियो । उहाँले एमबीबीएस, एमडी र डीएमसम्मका विद्यार्थीलाई पढाउने गर्नुभएको छ ।
अस्पतालका जनरल म्यानेजर नारायण दाहालका अनुसार केएमसीमा डा. सायमीको प्रवेशसँगै अस्पतालको मुटु विभागमा विशेषज्ञ डाक्टरहरूको बलियो टिम बनेको छ । मुटु विभागमा प्रा.डा. सञ्जय श्रेष्ठ, डा. आदित्य महासेठ, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल र डा. सहदेव ढुंगानाले सेवा दिँदै आउनुभएको छ ।
केएमसीले करिब छ महिना अघिबाट अत्याधुनिक वाइप्लेन क्याथल्याब पनि सञ्चालन गरेको छ । न्यूरो, कार्डियो र भास्कुल सर्जरी गर्न मिल्ने प्रविधिसहितको यो क्याथल्याब नेपालमै पहिलो पटक सञ्चालन गरिएको हो ।
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३

