
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार सेवा सुरु गर्नुभएको छ । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय डा. सायमी केएमसीमा आवद्ध हुनुभएको हो ।
प्रा.डा.सायमीले साउन १ गतेदेखि उपचार सेवा सुरु गर्नुभएको केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिनुभयो । उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई ल्याएर मुटुरोग विभागलाई थप मजबुत बनाएको छ ।
शहीद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहनुभएका सायमीले २१ वर्ष तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको निजी चिकित्सकको रूपमा काम गर्नुभएको थियो । उहाँले एमबीबीएस, एमडी र डीएमसम्मका विद्यार्थीलाई पढाउने गर्नुभएको छ ।
अस्पतालका जनरल म्यानेजर नारायण दाहालका अनुसार केएमसीमा डा. सायमीको प्रवेशसँगै अस्पतालको मुटु विभागमा विशेषज्ञ डाक्टरहरूको बलियो टिम बनेको छ । मुटु विभागमा प्रा.डा. सञ्जय श्रेष्ठ, डा. आदित्य महासेठ, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल र डा. सहदेव ढुंगानाले सेवा दिँदै आउनुभएको छ ।
केएमसीले करिब छ महिना अघिबाट अत्याधुनिक वाइप्लेन क्याथल्याब पनि सञ्चालन गरेको छ । न्यूरो, कार्डियो र भास्कुल सर्जरी गर्न मिल्ने प्रविधिसहितको यो क्याथल्याब नेपालमै पहिलो पटक सञ्चालन गरिएको हो ।

नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२