
जनस्वास्थ्य सरोकार, काठमाडौँ । डा. गोविन्द केसीले सीटीईभीटीले बढाएको शुल्क फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । आज एक विज्ञप्ति निकाल्दै केसीले चर्को शुल्कवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम गर्ने बताउनुभयो ।
लामो समयदेखि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र सुशासनका लागि संघर्षरत रहेको भन्दै उहाँले पछिल्लो समय सीटीईभीटीले नर्सिङलगायतका विषयमा चर्को शुल्क बढाएकोप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।
‘शुल्क बढाउने निणर्य तत्काल खारेज गर्न तथा यस अगाडि हामीसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ,” उहाँले विज्ञप्तिमा लेख्नुभएको छ–‘त्यसो नभएमा कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने जानकारी पनि गराउन चाहन्छौँ ।’
देश आर्थिक रुपमा थङ्थिलो भएको तथा सर्वसाधारणको आय खुम्चिएको अहिलेको समयमा शुल्क बढ्नु आफैँमा विडम्बनाको कुरा भएको उहाँले उल्लेख गर्नुभयो । एकै वर्षमा २५–३० प्रतिशत शुल्क बढ्दा त्यसले विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने निश्चित भएको उहाँको ठहर छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
