
जनस्वास्थ्य सरोकार, काठमाडौं । तपाईँ डाक्टरको परामर्श बिनै ‘एन्टिबायोटिक’ खाने गर्नुभएको छ ? यदि हो भने आजैबाट खान बन्द गर्नु होस् । आफूखुशी र जाँच बिना ‘एन्टिबायोटिक’ खानु स्वास्थ्यका लागि हानीकारक छ ।
नेपालमा १५ प्रतिशत डाक्टरको सिफारिस बिनै आफूखुशी ‘एन्टिबायोटिक’ किनेर खाने गरेको पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करिब एक वर्ष लगाएर गरेको र हालै सार्वजनिक भएको एक अनुसन्धानमा २८ प्रतिशत मानिसले ‘प्रेस्क्रिप्सन’ बिनै आफूखुशी एन्टिबायोटिक किनेर खाने गरेको पाइएको हो ।
परिषदका अनुसार एजिथ्रोमाइसिन २४ प्रतिशत, एमोक्सिसिलिन २० प्रतशित, केफिन १४ प्रतिशत, सिप्रोफ्लोक्सासिन १४.१ प्रतिशत र मेट्रोनिडाजोल ९ प्रतिशत डाक्टरको प्रेस्क्रिप्नसन बिनै आफूखुशी किनेर खाने गरेको पाइएको हो । जसमा मेट्रोनिडाजोल पखाला लाग्दा खाने हो भने अन्य दुखाइ कम गर्ने एन्टिबायोटिक हो ।
आफूखुसी एन्टिबायोटिक किनेर खानेमध्ये २२ प्रतिशतले झन् पूरा डोज नै नखाने गरेको समेत पाइएको छ ।
अध्ययन अनुसार ३२ प्रतिशत डाक्टर तथा स्वास्थ्यकर्मी ल्याब टेस्टको पहुँचमा छन्, जसमध्ये ४९ प्रतिशत डाक्टर तथा स्वास्थ्यकर्मीले एन्टीबायोटिक औषधि प्रयोग गर्नुअघि ल्याब टेष्ट गर्ने गर्छन् ।
ल्याब टेष्ट नगराई एन्टीबायोटिक औषधिको प्रिस्क्रिप्शन गरिदिँदा एन्टिमाइक्रोबियल रेसिस्टेन्सलाई सघाइरहेको अध्ययनले देखाएको छ ।
परिषदमा प्रमुख अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालका अनुसार एन्टीबायोटिकको प्रयोगमा विश्व स्वास्थ्य संगठनले छुट्याएको समूहमा पहिलो एक्सेस, दोस्रो वाच र तेस्रो रिजर्भड गरी तीनवटा पर्छन्, जसमा स्वास्थ्यकर्मीले औषधि प्रयोगको अनुमति दिँदा ‘एक्सेस’ समूहलाई पहिलो प्राथमिकता दिनुपर्ने मापदण्डमा उल्लेख छ ।
तर नेपालका स्वास्थ्यकर्मीले एक्सेस समूहको कम र वाच समूहको औषधि बढी (३७ प्रतिशत) मात्रामा प्रयोग गरेको अनुसन्धानले पत्ता लगाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार वाच समूहको एन्टिबायोटिक २० देखि २६ प्रतिशत मात्रै खान मिल्ने हुन्छ ।
डब्ल्यूएचओका अनुसार एन्टिबायोटिक औषधिको समग्र प्रयोगमा एक्सेस समूहको ६० प्रतिशत हिस्सा हुनपर्छ तर त्यस समूहको प्रयोग ३० प्रतिशत मात्रै भएको अध्ययनले देखाएको छ ।
एक्सेसको भन्दा वाच समूहका औषधि बढी प्रयोग हुनुमा अनुमतिमा कमीकमजोरी रहेको निष्कर्ष अनुसन्धानको छ ।
एन्बिायोटिक वा औषधि प्रयोगको अनुमति दिने क्रममा ४९ प्रतिशत स्वास्थ्यकर्मीले मात्रै ल्याब परीक्षण गर्ने गरेको तथ्य समेत अध्ययनले फेला पारेको छ ।
ल्याब परीक्षणबिना नै औषधि प्रयोग गर्दा त्यसले स्वास्थ्यमा गम्भीर असर गर्छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
