
जनस्वास्थ्य सरोकार, ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले पालिकाभरिका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ । सुत्केरी महिला तथा शिशुको स्वास्थ्यलाई स्वस्थकर बनाउनमा सहयोग पुर्याउने उद्देश्यसहित गाउँपालिकाले पालिकाभरका सुत्केरी महिलालाई घरघर पुगेर पोषणयुक्त खानेकुरा वितरण गरेको हो ।
गाउँपालिकाको पोषण तथा सरसफाइ योजनाअन्तर्गत ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रममार्फत सुत्केरी महिला तथा आमाहरूलाई पोसिलो खानेकुरा वितरण गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङका अनुसार प्रत्येक वडामा पुगेर सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ ।
पाँच वटा वडा रहेको गाउँपालिकाभरका २९७ जना सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको उपाध्यक्ष आङ्बुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार वडा १ निघुरादिनबाट सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण सुरु गरी वडा २ फूलबारी, वडा ४ र ५ चाँगे हुँदै वडा ३ हाङ्पाङमा पुगेर अन्त्य गरिएको थियो । पोषणयुक्त खानेकुरामा घिउ, अण्डा, चना, मटरसहितका खाद्यसामग्री वितरण गरिएको छ ।
यता सुत्केरी भएको समयमा पोषणयुक्त खाना आवश्यक पर्ने साथै आमा र बच्चाको स्याहार तथा सफाइमा ध्यान दिनुपर्ने भएकाले उनीहरुलाई सहयोग पु¥याउन गाउँपालिकाले कार्यक्रम कार्यान्वयनमा ल्याएको पालिका अध्यक्ष दीपेन्द्र पोमूको भनाइ छ । ‘उपाध्यक्षसँग सुत्केरी आमा, स्वास्थ्य सरसफाइ साथै पोसिलो खाना’ भन्ने नारा नै तय गरेर सुरु भएको कार्यक्रमलाई नयाँ आर्थिक वर्ष २०८०÷८१ मा पनि निरन्तरता दिने गरी बजेट व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
