
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषयमा लिने शुल्क नबढाउने भएको छ ।
सीटीईभीटी)ले ती विषय अध्ययनका लागि बढाएको भनिएको शुल्क तत्काललाई स्थगित गरेको हो ।
बिहीबार सूचना जारी गर्दै परिषद्ले सरोकारवालाहरूसँग गरी मात्रै शुल्क समायोजन गर्ने जनाउँदै हाल शुल्क समायोजन सम्बन्धी यसअघि गरिएको निर्णय स्थगित भएको जनाएको छ ।
परिषद्को स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले असार २९ मा तीनवटा विषयको शुल्क समायोजन गरेको थियो ।
समायोजन पछि प्रमाणपत्र तह नर्सिङको तीन वर्षे अध्ययनका लागि ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तोकिएको थियो ।
यस्तै, एचएको शुल्क ५ लाख २३ हजार ८ सय २० रुपैयाँ तोकिएको थियो भने फार्मेसी असिस्टेन्टको नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० रुपैयाँ तोकिएको थियो ।
अब शुल्क नबढे पछि नर्सिङ अध्ययन गर्न ४ लाख ७५ हजार रुपैयाँ, एचए पढ्न ४ लाख ४ हजार र फार्मेसी असिस्टेन्ट पढ्न ३ लाख ३७ हजार रुपियाँ नै कायम रहेको छ ।

विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२

