जनस्वास्थ्य सरोकार धादिङ । धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
यहाँका सबै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चितता सहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
पूर्ण खोप घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले धादिङबेसीमा रहेको प्रादेशिक अस्पताल, धादिङ अस्पताललाई १०० बेड बनाउने गरी बागमती प्रदेशले नीतिगत रूप मै निर्णय गरेको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले निकै महत्व दिएको बताउँदै स्वास्थ्य सेवा प्रभावकारी बनाउन सम्बन्धित स्वास्थ्यले खेल्ने भूमिका निकै महत्वपूर्ण हुने यहाँले बताउनुभयो ।

लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३

