जनस्वास्थ्य सरोकार धादिङ । धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
यहाँका सबै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चितता सहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
पूर्ण खोप घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले धादिङबेसीमा रहेको प्रादेशिक अस्पताल, धादिङ अस्पताललाई १०० बेड बनाउने गरी बागमती प्रदेशले नीतिगत रूप मै निर्णय गरेको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले निकै महत्व दिएको बताउँदै स्वास्थ्य सेवा प्रभावकारी बनाउन सम्बन्धित स्वास्थ्यले खेल्ने भूमिका निकै महत्वपूर्ण हुने यहाँले बताउनुभयो ।

३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
