
जनस्वास्थ्य सरोकार, काठमाडौं । महेन्द्र नारायण निधी अस्पतालमा डायलाइसिस सेवा सुरू भएको छ । मिर्गौलाको रिफरल सेन्टर बनाउने उद्देश्यसहित डायलाइसिस सेवा सुरू गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. किरणजंग कुँवरले जानकारी दिनुभयो ।
डा. कुँवर अस्पतालको कार्यकारी निर्देशक भएको महिना दिन भित्र अस्पतालमा डायलाइसिस सेवा सुरु भएको हो । सामुदायिक अस्पतालको रूपमा रहेको यस अस्पतालले सर्वसुलभ तथा गुणस्तरीय सेवा दिँदै आएको डा. कुँवरले बताउनुभयो ।
‘यस अस्पताललाई नेपालकै पहिलो मिर्गौलाको रेफरल सेन्टर बनाएर चुस्त दुरुस्त सेवा दिने हाम्रो प्राथमिकता हो’, उहाँले भन्नुभयो ।
डा. कुँवरले मिर्गौला प्रत्यारोपणसम्बन्धी ओपीडी सेवा पनि सञ्चालनमा रहेको बताउनुभयो । सय बेडको अस्पतालमा ५० बेडको डायलाइसिस सेवा प्रदान गरिनेछ ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३ट्रेन्डिङ

