
जनस्वास्थ्य सरोकार, सिरहा । प्रादेशिक अस्पताल लहानमा एन्टि रेबिज खोपको अभाव भएको छ । अस्पतालमा खोप नहुँदा बिरामीहरू रित्तै घर फर्कन बाध्य भएका छन् ।
एन्टी रेबिज खोप सरकारी अस्पतालमा निःशुल्क पाइन्छ तर यहाँ प्रादेशिक अस्पतालमा खोप नहुँदा बिरामीहरू महंगोमा निजीमा किन्न बाध्य छन् । निजी पसल तथा क्लिनिकले एउटा खोप २ हजार रुपैयामा बेच्ने गरेका छन् ।
प्रदेशबाट आपूर्ति हुन नसक्दा खोप अभाव भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. सुनील कुमार कुहवाहाले बताउनुभयो । यहाँ दैनिक १५÷२० जना बिरामी आउँछन् ।
खोप लगाउन २ सय भन्दा बढी बिरामी रहेको अस्पतालले जनाएको छ । ‘लक्षण अनुसार ३ देखि ५ डोजसम्म खोप लगाउनुपर्छ’, उहाँले भन्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

