
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ ।
औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बताउनुभयो ।
अनुगमनका क्रममा सोमबार मन्त्री बस्नेत स्वयम फार्मेसीको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले ललितपुरको पाटनस्थिल टाइम मेडिकल फार्मेसी, एकान्तकुनाको सेवा हेल्थ केयर प्रालि (फार्मेसी युनिट) र जावलाखेलको अल्का अस्पतालको फार्मेसीको स्थलगत निरीक्षण गर्नुभयो ।
अनुगमनका क्रममा पाटनस्थित टाइम मेडिकल र एकान्तकुनाको सेवा हेल्थ केयर फार्मेसीमा म्याद गुज्रिएका औषधि राखिएको पाइएको, मिति नाघेका औषधिको बिल बनाउँदा स्पष्ट नलेखेको, कतिपय बेच्न नमिल्ने औषधि पनि राखेको पाइएको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।
फार्मेसीको निरीक्षणपछि स्वास्थ्यमन्त्री बस्नेतले देशभरका फार्मेसीको निरीक्षण र अनुगमनको काम भइरहेको र यसलाई निरन्तरता दिइने बताउनुभयो । गल्ती गर्ने फार्मेसीका विषयमा सोमबार बेलुका मन्त्रालय र विभागसहितको टोलीले आवश्यक कारबाहीको निर्णय लिनेछ ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले फार्मेसीको प्रभावकारी अनुगमन गरी प्रक्रिया न¥पुयाइ सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्रीवितरण गरेको पाइएमा कडा कारबाही गरिने जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा फार्मेसी अनुगमनका लागि २० वटा टोलीले स्थलगत निरीक्षण गरेको थियो । देशभरका फार्मेसीको अनुगमनका लागि ७७ वटै जिल्लामा अनुगमन संयन्त्र बनाइएको र यसले निरन्तर अनुगमन गर्ने मन्त्रालयको भनाइ छ ।
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३

