
जनस्वास्थ्य सरोकार, उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका ९ मा स्वास्थ्य चौकी भवनको निर्माण भएको छ ।
वडाध्यक्ष प्रकाश राउतका अनुसार स्वास्थ्य चौकी भवन ७९ लाख ९६ हजार ७ सय ३५ रुपैयाँ लागतमा निर्माण भएको हो ।
झण्डै ३ कठ्ठा क्षेत्रफल जमिनमा निर्मित स्वास्थ्य चौकी भवनमा औषधि कक्ष, बिरामी जाँच, ड्रेसिङ, गर्भवती जाँच, प्रयोगशाला, कार्यालय प्रमुख कक्ष, कर्मचारी कक्ष, बिरामी कुरुवाका अलग–अलग कक्षहरू छन् ।
चालु आर्थिक वर्षदेखि एमबिबिएस चिकित्सकको सेवा सुचारु गर्ने गरी भवन निर्मण गरिएको वडाध्यक्ष राउतले बताउनुभयो ।
चालु आर्थिक वर्षमा माथिल्लो तला थपेर कर्मचारी निवास बनाउने र २४ सै घण्टा स्वास्थ्य सुविधा उपलब्ध गराउने योजनाका साथ भवन बनाइएको उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
भरतपुर अस्पतालको ल्याब रिपोर्ट अब अनलाइनमै हेर्न सकिने
शनिबार, भदौ ६, २०८३
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र
शनिबार, भदौ ६, २०८३
स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ
शुक्रबार, भदौ ५, २०८३ट्रेन्डिङ

