
जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशका विशिष्ट तथा अति विशिष्ट व्यक्तिको उपचारका लागि भीआईपी तथा भीभीआईपी उपचार विशेषज्ञ समिति गठन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्रबहादुर बस्नेतको संयोजकत्वमा १५ सदस्यीय भीआईपी एवं भिभिआईपी उपचार विशेषज्ञ समिति गठन गर्नुभएको हो ।
समितिमा सरकारी अस्पतालमा कार्यरत, सरकारी अस्पतालबाट अवकाश प्राप्त र निजी अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सकहरुलाई राखिएको छ ।
समितिमा को को चिकित्सक छन् ?
प्रा.डा. भुपेन्द्रबहादर बस्नेत संयोजक हुनुहुन्छ भने सदस्यहरुमा डा. किरण श्रेष्ठ, डा. ध्रुब गैरे, डा. रविराम श्रेष्ठ, डा.शैली प्रधान, डा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा.महेश अधिकारी, डा. सुभाष आचार्य र डा सन्दुक रुइत, डा. शशी शर्मा, डा. रत्नमणि गजुरेल,डा. भोला रिजाल, डा. मनबहादुर केसी र डा. रमेश चोखानी रहनुभएको छ ।
वीर अस्पतालमा थप तीन शैय्याको भीआईपी तथा भीभीआईपी कक्ष थपिएको छ । नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर कुल ५ शैया भीआईपी र भीभीआईपीका लागि सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको हो ।यसअघि अस्पतालको पुरानो भवनमा भीआइपी र भीभीआईपीका लागि दुई वटा शैया थियो ।
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३

