
जनस्वास्थ्य सरोकार, काठमाडौँ । महाराजगञ्ज मेडिकल कलेजमा स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राखेर तालाबन्दी गरेपछि क्याम्पस प्रमुखको निर्देशनमा पठनपाठन नै बन्द गरिएको छ । क्याम्पस प्रमुख प्रा.डा. अर्जुनप्रसाद लामिछानेले विभागीय प्रमुखहरूको बैठक बोलाएर पठनपाठन बन्द गर्ने निर्णय गर्नुभएको हो। यो विषयमा चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयलाई समेत जानकारी गराइएको छ ।
स्ववियुले साउन ८ गतेदेखि तालाबन्दी गरेको भन्दै यस्तो अवस्थामा पठनपाठन गराउन नसकिने जनाएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले कुनै तरिकाले गल्ती गरी अनुगमन तथा अनुशासन समितिले छानविन गरी कारवाही गर्ने सिफारिस गरेमा सोको कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
क्याम्पस तालाबन्दी भएको अवधिमा यूजी (अण्डर ग्रेजुएट) का सम्पूर्ण प्रयोगात्मक परीक्षाहरू बन्द गर्ने समेत निर्णय गरिएको छ । विद्यार्थीले तालाबन्दी गरेको खण्डमा जतिदिन तालाबन्दी गरिएको हो, यूजीका परीक्षा समेत त्यक्तिकै दिन पछाडि सार्न परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयमा सिफारिस समेत गरेको छ । स्ववियुले क्याम्पस प्रमुखको कार्यालय, सामान्य प्रशासन शाखा, आर्थिक शाखामा तालाबन्दी गरेको छ ।

योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
