आज विश्व हेपाटाइटिस दिवस २०२३ । हरेक वर्ष जुलाई २८ मा यो दिवस मनाउने गरिएको छ । यस वर्ष ‘वान लाइफ, वान लिभर’ अर्थात ‘एक जीवन एक कलेजो’ भन्ने मुल नाराका साथ यो दिवस मनाइँदै छ ।

हेपाटाइटिस मूलतः कलेजोको रोग हो । जुन भाइरल संक्रमणका कारणले हुन्छ । यो रोगमा कलेजो सुन्निने गर्छ । हेपाटाइटिसमा ए, बी, सी, डी र ई गरी ५ प्रकारका भाइरस हुन्छन् । यी पाँच भाइरसलाई गम्भीरतापूर्वक लिनुपर्छ किनभने यिनीहरूको कारणले हेपाटाइटिस महामारी बन्दै गएको छ । साथै यसबाट मृत्यु हुनेको संख्या पनि वर्षेनी बढिरहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, पश्चिमी प्रशान्त क्षेत्रमा, अनुमानित ११ करोड ६० लाख मानिस हेपाटाइटिस बी र १ करोड हेपाटाइटिस सी सँग बाँचिरहेका छन् । यस क्षेत्रमा लिभर सिरोसिस, लिभर क्यान्सर र भाइरल हेपाटाइटिसका कारण हुने मृत्यु उच्च रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

