
जनस्वास्थ्य सरोकार, काठमाडौं– देशको सबैभन्दा पुरानो र सर्वसाधारण नागरिकको आस्था र भरोसा रहेको वीर अस्पतालले १३४ वर्ष पुरा गरेको छ । सो अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल सुधार नगरी देशको स्वास्थ्य अवस्था नसुध्रिने भएकाले आफू त्यतातिर लागि परेको बताउनुभएको छ ।
सो अवसरमा उहाँले वीर अस्पतालका ७०० शय्या विपन्नका लागि निस्शुल्क गरेको, आकस्मिक कक्षमा शय्या संख्या बढाएको, ओपिडी सेवा बिहान ८ बजेदेखि बनाएको, अनलाइनबाट पनि टिकट काट्ने व्यवस्था लागू गरेको, भिआईपी र भिभिआईपी कक्ष दुईबाट बढाएर पाँच पुर्याएको र कर्मचारी समायोजन गरेको लगायतका सुधारको महसुस हुने गरि काम भएको उहाँले जानकारी दिनुभएको छ ।
वीर अस्पताल सुधार्न यहाँको सिंगो टीमको अहं भूमिका रहेको मन्त्री बस्नेतले बताए। उनले भने, ‘वीरमा योग्य चिकित्सक र स्वास्थ्यकर्मी छन्। उहाँहरुको संयुक्त पहलबाट वीरमा सुधार सम्भव भएको छ।’ वीर अस्पताल गरिब, विपन्न मात्र नभएर भिआईपीहरुको उपचारको पनि केन्द्र हुनुपर्ने सरकारको योजना अनुसार काम अगाडि बढिरहेको मन्त्री बस्नेतले जानकारी दिए।
हाल वीर अस्पतालमा ९६६ शय्या रहेको छ ।

अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
