
जनस्वास्थ्य सरोकार, काठमाडौं– देशको सबैभन्दा पुरानो र सर्वसाधारण नागरिकको आस्था र भरोसा रहेको वीर अस्पतालले १३४ वर्ष पुरा गरेको छ । सो अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल सुधार नगरी देशको स्वास्थ्य अवस्था नसुध्रिने भएकाले आफू त्यतातिर लागि परेको बताउनुभएको छ ।
सो अवसरमा उहाँले वीर अस्पतालका ७०० शय्या विपन्नका लागि निस्शुल्क गरेको, आकस्मिक कक्षमा शय्या संख्या बढाएको, ओपिडी सेवा बिहान ८ बजेदेखि बनाएको, अनलाइनबाट पनि टिकट काट्ने व्यवस्था लागू गरेको, भिआईपी र भिभिआईपी कक्ष दुईबाट बढाएर पाँच पुर्याएको र कर्मचारी समायोजन गरेको लगायतका सुधारको महसुस हुने गरि काम भएको उहाँले जानकारी दिनुभएको छ ।
वीर अस्पताल सुधार्न यहाँको सिंगो टीमको अहं भूमिका रहेको मन्त्री बस्नेतले बताए। उनले भने, ‘वीरमा योग्य चिकित्सक र स्वास्थ्यकर्मी छन्। उहाँहरुको संयुक्त पहलबाट वीरमा सुधार सम्भव भएको छ।’ वीर अस्पताल गरिब, विपन्न मात्र नभएर भिआईपीहरुको उपचारको पनि केन्द्र हुनुपर्ने सरकारको योजना अनुसार काम अगाडि बढिरहेको मन्त्री बस्नेतले जानकारी दिए।
हाल वीर अस्पतालमा ९६६ शय्या रहेको छ ।

योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
