
जनस्वास्थ्य सरोकार, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट बजारसहित जलजले, देउरी, बगाहा, बोक्से तथा सहरी क्षेत्रका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित छन् । एक हप्ताअघि देखिएको आँखाको रोग अहिले बिस्तारै नगरक्षेत्रभरि फैलिन थालेको छ ।
जिल्ला अस्पतालका बालरोग विशेषज्ञ डा निरज सिंहका अनुसार अहिले दैनिक स–साना बालबालिकासमेत उपचारका लागि अस्पताल आउने गरेका छन् । “अधिकांश आँखा पाक्ने रोगबाट प्रभावित छन्”, उहाँले भन्नुभयो।
दैनिक ८० देखि एक सय जनाको हाराहारीमा बालबालिका उपचारका लागि आउने गरेका छन् । जिल्ला अस्पतालका प्रमुख डा. ज्ञानेन्द्र झाले नगरक्षेत्रका अधिकांश विद्यालयका बालबालिका यस रोगबाट पीडित छन् ।
गाईघाट बजारकी सन्ध्या थापाले १५ वर्षीय छोरा, ९ वर्षीया छोरी र ४ वर्षीया छोरी आँखा पाक्ने रोगबाट पीडित भएको बताउनुभयो । घरमै चिकित्सको सल्लाहअनुसार नियमित औषधि प्रयोग गरिरहेको उहाँले बताउनुभयो । रासस
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३

