जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्यकर्मी र औषधि विक्रेताहरूलाई डिल बोनस वा प्रलोभनमा पारी औषधि प्रवद्र्धन नगर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ ।
डिल बोनस वा प्रलोभनमा पारी औषधि प्रवद्र्धनले व्यापक विकृति बढेको ठहर गर्दै विभागले अटेर गर्नेहरुलाई औषधि ऐन २०३५ को व्यवस्था वर्खिलाप गरी औषधिको भ्रमात्मक प्रचार मानी कारवाही गरिने चेतावनी दिएको छ ।

‘स्वास्थ्यकर्मी एवं बिक्रेतालाई दिने विविध किमिस एवं माध्यमका प्रलोभनका कारण औषधिको क्षेत्रमा भएको विकृति एवं वेथितिलाई रोक्न आवश्यक भएको छ ।’— विभागले औषधिको बिक्री प्रवद्र्धन सम्बन्धि जारी गरेको सुचनामा भनिएको छ—‘औषधि प्रवद्र्धनको नाममा बाड्ने डिल बोनस वा नेट मार्केटिङ (खरीद बिल र अधिकतम खुद्रा मूल्य बीच भारी अन्तर राखी प्राप्त मार्जिनबाट प्रलोभनसहित गरिने बजार प्रवद्र्धन) को नाममा प्रलोभन बाड्दै औषधि बिक्रीवितरण गर्ने कार्य अनैतिक हो ।’
विभागले डिल बोनस उपहार वा प्रलोभनले व्यापक विकृति बढेको हुँदा यसमा संलग्न नहुन सम्बन्धित सबैलाई यो जानकारी गराएको छ ।
‘अटेर गरी यस क्षेत्रमा बढ्दै गएको विचलनलाई निरन्तरता दिएमा औषधि ऐन २०३५ को व्यवस्था वर्खिलाप औषधिको भ्रमात्मक प्रचार वा विज्ञापन मानी कारवाही हुने हुँदा सबैलाई यस प्रति सचेत हुन आग्रह गरिन्छ ।’—सुचनामा भनिएको छ—‘विश्व स्वास्थ्य संगठनले जारी गरेको इथिकल क्राइटेरिया फर मेडिस्नल ड्रग प्रोमोसनको परिधिभित्र रही सोही व्यवस्था अनुसार गर्नु गराउनु हुन मिति २०७३ असार ३० नेपाल सरकार मन्त्रीस्तरीयको निर्णय अनुरोध छ ।’

योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
