जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्यकर्मी र औषधि विक्रेताहरूलाई डिल बोनस वा प्रलोभनमा पारी औषधि प्रवद्र्धन नगर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ ।
डिल बोनस वा प्रलोभनमा पारी औषधि प्रवद्र्धनले व्यापक विकृति बढेको ठहर गर्दै विभागले अटेर गर्नेहरुलाई औषधि ऐन २०३५ को व्यवस्था वर्खिलाप गरी औषधिको भ्रमात्मक प्रचार मानी कारवाही गरिने चेतावनी दिएको छ ।

‘स्वास्थ्यकर्मी एवं बिक्रेतालाई दिने विविध किमिस एवं माध्यमका प्रलोभनका कारण औषधिको क्षेत्रमा भएको विकृति एवं वेथितिलाई रोक्न आवश्यक भएको छ ।’— विभागले औषधिको बिक्री प्रवद्र्धन सम्बन्धि जारी गरेको सुचनामा भनिएको छ—‘औषधि प्रवद्र्धनको नाममा बाड्ने डिल बोनस वा नेट मार्केटिङ (खरीद बिल र अधिकतम खुद्रा मूल्य बीच भारी अन्तर राखी प्राप्त मार्जिनबाट प्रलोभनसहित गरिने बजार प्रवद्र्धन) को नाममा प्रलोभन बाड्दै औषधि बिक्रीवितरण गर्ने कार्य अनैतिक हो ।’
विभागले डिल बोनस उपहार वा प्रलोभनले व्यापक विकृति बढेको हुँदा यसमा संलग्न नहुन सम्बन्धित सबैलाई यो जानकारी गराएको छ ।
‘अटेर गरी यस क्षेत्रमा बढ्दै गएको विचलनलाई निरन्तरता दिएमा औषधि ऐन २०३५ को व्यवस्था वर्खिलाप औषधिको भ्रमात्मक प्रचार वा विज्ञापन मानी कारवाही हुने हुँदा सबैलाई यस प्रति सचेत हुन आग्रह गरिन्छ ।’—सुचनामा भनिएको छ—‘विश्व स्वास्थ्य संगठनले जारी गरेको इथिकल क्राइटेरिया फर मेडिस्नल ड्रग प्रोमोसनको परिधिभित्र रही सोही व्यवस्था अनुसार गर्नु गराउनु हुन मिति २०७३ असार ३० नेपाल सरकार मन्त्रीस्तरीयको निर्णय अनुरोध छ ।’

अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
