
जनस्वास्थ्य सरोकार, काठमाडौँ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको आत्महत्या प्रकरणमा प्रशासन अधिकृत सहित ४ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ ।
प्रहरी वृत्त महाराजगञ्जले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मनमोहन कार्डियोका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएका चारै जनालाई प्रहरी वृत्त महाराजगञ्जले गत असार २९ गते पक्राउ गरेर अनुसन्धान गरेको थियो।
सेन्टरका फार्मेसी इन्चार्जका रुपमा कार्यरत पोखरेल अस्पतालको दोस्रो तलामा रहेको फार्मेर्सीको स्टोरमा झुण्डिएको अवस्थामा फेला पर्नुभएको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले सुसाइड नोट समेत फेला पारेको थियो।
उहाँले सुसाइड नोटमा आफूलाई फसाएर केही व्यक्तिहरु उम्कन खोजेको उल्लेख गर्नुभएको थियो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

