
जनस्वास्थ्य सरोकार, ढाका । लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन् भने ६४ हजार बिरामी भएका छन् ।
शनिबार थप १० जनाको मृत्यु भएको र दुई हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यस वर्ष हालसम्म देशमा पुष्टि भएका बिरामीको सङ्ख्या ६४ हजार पुगेको छ । डेङ्गु लागेर तीन सय तीन जनाले ज्यान गुमाएका छन् ।
दक्षिण एसियाली देश बङ्गलादेशमा गत महिना डेङ्गुबाट पीडित हुने र ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक रहको महानिर्देशनालयले जनाएको छ । गत महिना दुई सय चार जनाको मृत्यु भयोभने ४३ हजार आठ सय ५४ जना नयाँ बिरामी थपिएका थिए । रासस
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

