
जनस्वास्थ्य सरोकार, चितवन । आँखा पाक्ने संक्रमण फैलिएपछि चितवनको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ ।
चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको अस्पताल अन्तर्गतका अस्पताल र केन्द्रमा आइतवार २ हजार ३५७ जनाले सेवा लिएका थिए । अस्पतालका वरिष्ठ प्रशासक दयाशंकर चौधरीका अनुसार अन्य समयमा १ हजार २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दथे ।
अस्पताल आएकामध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने रोगका बिरामी रहेका छन् । आइतवार भरतपुरमा रहेको मुख्य अस्पतालमा ९७३, सेकेण्डरी आँखा अस्पताल ठोरीमा ६६, कावासोतीमा १९३ र सिम्रनगढमा १०२ जनाले उपचार लिएका छन् ।
अस्पतालमा आवद्ध १४ आँखा उपचार केन्द्र छन् । तीमध्ये चिकुमार–विष्णुकुमारी बहिरङ्ग सेवा भरतपुर उकालोमा २३८, पर्सामा १६३ , रत्ननगरमा १२८, माडीमा ९६, चनौलीमा ६५, राप्तीमा ६१ र कुरिनटारमा २५ जनाले सेवा लिएका छन् ।
धादिङको बेनिघाटमा १६, सल्यानटारमा १३, नवलपरासीको मध्यविन्दुमा ४४, हुप्सेकोटमाम ४०, सिन्धुलीको दुधौलीमा १७, तनहुँको आँबु खैरहनीमा ६३ र सर्लाहीमा ५५ जनाले सेवा लिएका वरिष्ठ प्रशासक चौधरीले जानकारी दिनुभयो । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
