
जनस्वास्थ्य सरोकार, बैतडी । बैतडीमा विना दर्ता सञ्चालन भइरहेका दुई क्लिनिक सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाको संयुक्त अनुगमन टोलीले नगरपालिका वडा नम्बर ६ पाटन बजरमा नियम विपरित सञ्चालित निभा स्वास्थ्य क्लिनिक र ओम कान्तिपुर डेन्टल केयरलाई सिल गरेको जनाइएको छ ।
स्वास्थ्य कार्यालय बैतडीका अनुसार सिएमए पढेका सुर्खेतका फत्तबहादुर खड्काले ४ महिना अघिदेखि दर्ता नै नगरी निभा स्वास्थ्य क्लिनिक सञ्चालन गरिरहेका थिए ।
क्लिनिकबाट अवैध गर्भवतन गर्ने औषधिहरु र चिकित्सकको सल्लाहबिना बिक्री वितरण गर्न नपाउने औषधि बरामद भएको बताइएको छ । उक्त औषधिलाई इलाका प्रहरी कार्यालयमा नष्ट गर्नका लागि बुझाएको जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी शंकर बोहराले जानकारी दिनुभयो ।
पछिल्लो समय बैतडी नियम विपरीत सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुप्रति निगरानी बढाइएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
