जनस्वास्थ्य सरोकार, मेलुङ । दोलखा जिल्लाको मेलुङ गाउँपालिकास्थित सितली हस्पिटलमा ४ सय स्थानीय सर्वसाधारणले विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

मेलुङ गाउँपालिका, तामाकोशी गाउँपालिका, मन्थली नगरपालिकाको १३ र १४ नम्बर वडाका करिब ४ सय स्थानीयबासीले छाला, दाँत, हाडजोर्नी, बालरोग, आँखा, नाक कान घाँटी तथा जनरल मेडिसिन सेवा निःशुल्क प्राप्त गरेका हुन् ।

मेलुङ गाँउपालिकाको आयोजना, सितली हस्पिटलको समन्वय तथा लायन्स क्लव अफ काठमाडौं रेडियन्सको प्राविधिक सहयोगमा साउन २० र २१ गते विशेषज्ञ सेवासहितको निःशुल्क शिविरको आयोजना गरिएको थियो ।

शिविरमा छाला तथा यौन रोग विशेषज्ञ डा.एलिना कार्की, आँखा रोग विशेषज्ञ डा. तेजसु सिंह मल्ल,नाक कान घाँटी रोग विशेषज्ञ डा. एलिशा महर्जन, बालरोग विशेषज्ञ डा. ऋतु लामिछाने, दन्त रोग विशेषज्ञ डा. नीता वडाल, रेडियोलोजिष्ट डा. विवेक खड्का र डा. आरती मल्ल लगायत डा. साविर शही मन्सुरी, डा.मनिष थापा, डा. रविन बस्नेत, डा.दीक्षा लामिछानेले सेवा प्रदान गर्नुभएको थियो ।

शिविरको उद्घाटन समारोहमा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तमाङ, उपाध्यक्ष गायत्री आचार्य, वडानम्बर ७ का वडा अध्यक्ष नवराज खड्का र गाउँपालिका तथा वडाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।


स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

