
जनस्वास्थ्य सरोकार, पाल्पा । पहाडी जिल्ला पाल्पामा पनि डेंगु सङ्क्रमणको जोखिम बढेको छ । पहाडी जिल्ला पाल्पामा डेंगुकै कारण एक जना महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा नं.–६, बर्तुङ लामीडाडाँकी ६९ वर्षीया महिलाको हिजो मृत्यु भएको हो ।
साउन १६ गते डेंगु संक्रमण पुष्टि भएकी महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
डेंगु संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण घरमै आराम गर्दै आएकी महिला पुनः स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि मिसन अस्पतालमा आएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार साउन महिना लागेपछि १३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।
जिल्लामा पाल्पा र रामपुर अस्पतलसँगै तानसेनको युनाइटेड मिसन, लुम्बिनी मेडिकल कलेज गरिएको परीक्षणमा मात्रै ४८ जना भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

