
जनस्वास्थ्य सरोकार, नेपालगन्ज । आँखा पाक्ने रोग फैलिएपछि नेपालगन्ज उपमहानगरपालिका र खजुराका सम्पूर्ण विद्यालय आजदेखि बन्द भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले आजदेखि तीन दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । केही दिनदेखि बढ्दै गएको आँखासम्बन्धी प्रकोपका कारण बालबालिकामा हुन सक्ने जोखिम न्यूनीकरणका लागि साउन २४ गतेदेखि २६ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ ।
बालबालिकाहरूको आँखा चिलाउने, पाक्ने र रातो हुने समस्या दिन प्रति दिन गुणात्मक रूपमा वृद्धि भइरहेकोले उक्त समस्याबाट बालबालिकाहरूमा हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि विद्यालयहरू बन्द गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पालिकाका सबै विद्यालयका विद्यार्थीमा आँखा पाक्ने सङ्क्रमण देखिएकोले शिक्षा शाखाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।
आँखा सम्बन्धि रोग बढ्दै जाँदा उपचारको लागि अस्पताल पुग्नेहरूको सङ्ख्या पनि बढ्दै गएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
