
जनस्वास्थ्य सरोकार, धनकुटा। कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण दिनानुदिन बढ्दै गएको छ ।
डेंगी संक्रमण प्रदेशका १४ मध्ये १३ जिल्लामा फैलिएको छ । डेंगीबाट हालसम्म सुनसरीका नौ जनाको मृत्यु भएको र सोलुखुम्बुमा जिल्लामा भने हालसम्म संक्रमण देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ ।
कोशी प्रदेशमा बुधवारसम्ममा ७ हजार २७३ जनामा डेंगी संक्रमण देखिएको छ । कोशी प्रदेशका १४ मध्ये सुनसरी, मोरङ र झापामा डेंगीको संक्रमण बढी देखिएको छ ।
स्वास्थ्य निर्देशनालय धनकुटा दिएको जानकारी अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी सुनसरीमा संक्रमण बढी मात्रामा संक्रमण देखिएको छ भने सोलुखुम्बुमा हालसम्म सङ्क्रमण देखिएको छैन । बुधवारसम्म सुनसरीमा ४ हजार ८ सय ७४, मोरङमा १ हजार १ सय ७१, झापामा ५ सय ६४, उदयपुरमा १ सय ९२ र धनकुटामा १ सय ३४ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।
यस्तै, भोजपुरमा ९८, सङ्खुवासभामा ९७, तेह्रथुममा ६७, इलाममा ३८, पाँचथरमा १६, ताप्लेजुङमा १२, ओखलढुङ्गामा ६ र खोटाङमा ४ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो ।
डेंगी सङ्क्रमणबाट हालसम्म कोशी प्रदेशमा ९ जनाको मृत्यु भएको र ती सबै सुनसरीका रहेको निर्देशनालयले जनाएको छ । डेंगीको संक्रमण तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक बस्नेतले जानकारी दिनुभयो ।
डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन सुझाएको स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिनुभयो ।
बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटालाई रोगसँग लड्न कुनै कसर बाँकी नराख्न निर्देशन जारी गरेको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
