
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदभार सम्हालेको एक सय दिन पुगेको उपलक्ष्यमा ‘सेतो कोट दिवस’ मनाउन लागिएको छ ।
उक्त अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालका सबै कर्मचारीलाई सेतो कोट दिवसमा अनिवार्य उपस्थित हुन लिखित निर्देशन दिएको हो ।
भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा सरकारी अस्पतालका सम्पूर्ण विभाग, युनिट र वार्डहरुमा कार्यरत चित्किसक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई सेवा प्रवाहमा असर नपर्ने गरी अनिवार्य उपस्थितिको लागि उर्दी लगाइएको छ ।
कार्यक्रममा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई एप्रोन लगाएर तथा अन्य कर्मचारीहरुलाई सरकारी पोशाकमा अनिवार्य उपस्थित हुन निर्देशनमा भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ

