
जनस्वास्थ्य सरोकार, स्याङ्जा । स्याङ्जाको वालिङमा नागरिकको ‘स्वास्थ्य सवलताका लागि नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा आएको हो।
प्राय नसर्ने रोगका कारण धेरै नागरिकले ज्यान गुमाउन बाध्य भएकाले स्वास्थ्यसम्बन्धी चेतना फैलाउन उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो । कार्यक्रममा खटिने स्वास्थ्यकर्मीले नागरिकलाई स्वास्थ्य जीवनशैलीको आचरण अवलम्बन गर्न सचेत गराउने उहाँले बताउनुभयो ।
“नर्सिङ घरदैलो कार्यक्रममा खट्नुहुने स्वास्थ्यकर्मीले नागरिकलाई मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, स्तन क्यान्सरलगायत रोगकाबारे जानकारी दिनुहुन्छ” नगरप्रमुख खाडले भन्नुभयो– “सरुवा रोगको प्रकोप, जोखिम तथा न्यूनिकरणका लागि पनि नर्सिङ घरदैलो कार्यक्रम प्रभावकारी हुनेमा हामी विस्वस्त छौँ।”
सक्षमताका लागि स्वास्थ्य पहिलो आवश्यकता भएकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पहल थालिएको उहाँले बताउनुभयो। यस कार्यक्रमले नसर्ने रोगको प्रतिकूल प्रभाव र न्यूनीकरणका लागि सहयोग गर्ने स्वास्थ्य सेवा विभागका वरिष्ठ अस्पताल नर्सिङ शाखा प्रमुख बाला राईले बताउनुभयो।
“नर्सिङ घरदैलो कार्यक्रम नर्सिङ जनशक्ति व्यवस्थापन तथा सञ्चालनका लागि नगरको सिङ्गो टिमको भूमिका र दायित्व महत्वपूर्ण हुन्छ” उहाँले भन्नुभयो “यस कार्यक्रमको उद्देश्य पूरा गर्न सबैले आ–आफ्नो ठाउँबाट निरन्तर प्रयास गर्नुपर्छ।”
नगरका १४ वटै वडामा खटिने स्वास्थ्यकर्मीले नागरिकको स्वास्थ्यसम्बन्धी पूर्ण तथ्याङ्क सङ्कलन, स्वास्थ्य अवस्थालगायत विवरण सङ्कलन गर्दै सचेतना फैलाउने गर्नेछन्। रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
