नेभिगेशन

जसको आईएस्सीको शैक्षिक प्रमाणपत्र पनि कीर्ते, काउन्सिलको दर्ता परीक्षामा नक्कली भारतीय प्रमाणपत्र पेश

add final

जनस्वास्थ्य सरोकार, काठमाडौं । आईएस्सीको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको र मेडिकल काउन्सिलमा भारतीय नक्कली प्रमाणपत्र पेश गरी नेपाल मेडिकल काउन्सिलको दर्ता परीक्षामा सहभागी भई राज्यलाई झुक्याएको फौजदारी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरोले स्पष्ट पारेको छ । व्युरोले उहाँलाई साउन २५ गते अपरान्ह काठमाडौंबाट पक्राउमा गरेको थियो ।


‘कतिपय चिकित्सकहरुले भारतीय नक्कली प्रमाणपत्रहरू पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्धारा सञ्चालित गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट सूचना प्राप्त भएको, शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा वोर्ड सानो ठिमी भक्तपुरको च नं. १ मिति २०७९ साउन ५ गतेको पत्रबाट सन् १९९६ मा रोल नं. ६५०४, रोल नं. १०११७, आईएसी तहको सुनिल कुमार शर्माको कैफियतमा अपुष्टि भनी लेखी आएको र सो सन्दर्भमा उक्त शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नुपर्ने देखियो ।’ — व्युरोले सभामुखलाई जानकारी गराएको पत्रमा भनिएको छ— ‘उक्त कसुरमा संलग्न जिल्ला मोरङ, क्षेत्र नं.३ का नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष तर्फको निर्वाचित सांसद सुनिल कुमार शर्मा पक्रा परेका, फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ परेका निज शर्मा जिल्ला मोरङ, क्षेत्र नं. ३ का नेपाली कांग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा निर्वाचित सांसद रहेकाले नेपालको संविधान (२०७२) को धारा १०३ को उपधार ६ बमोजिम प्रतिनिधि सभाको सदस्य शर्मा पक्राउ परेको यसैपत्रद्धारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ ।’


शर्मा काठमाडौं मेडिकल कलेज र नोवेल मेडिकल कलेजका सञ्चालक हुनुहुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट