जनस्वास्थ्य सरोकार, काठमाडौं । कथित नक्कली प्रमाणपत्रधारी डाक्टरहरु धमाधम पक्राउमा पर्न थालेका छन् । यसैबीच प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकारलाई पक्राउ गरिएको छ। उहाँलाई सीआईबीले गएराति पक्राउ गरेको हो। ललितपुर नगपालिका १८ हात्तिबन निवासी शिल्पकारलाई उहाँकै निवासबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले कथित नक्कली प्रमाणपत्रधारी डाक्टरमाथि चलाएको अपरेशनबाट अहिलेसम्म कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधि सभाका सांसद एवं मेडिकल व्यवसायी सुनिल शर्मासहित ६ जनालाई सीआईबीले पक्राउ गरिसकेको छ ।
अपरेशन ‘फक्सट्रक्ट’ अन्तर्गत साउन २५ गते शर्मालाई फक्राउ गरिएको थियो भने सोही दिन त्रिबि. शिक्षण अस्पतालबाट डा. अमित चौधरी डा. रामबाबु यादव, एरिना यादव, डा. अमृत चौधरी र डा. रञ्जित कुमार यादव पक्राउमा परेका थिए ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

