
जनस्वास्थ्य सरोकार, सुनसरी । डेङ्गी रोगको महामारी फैलिएको सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा ‘जनस्वास्थ्यको आपतकालीन अवस्था’ घोषणा गरिने भएको छ ।
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा आज शुक्रवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आपतकालीन अवस्थाको घोषणाका लागि सङ्घीय सरकारको गृह मन्त्रालय र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यसका साथै बैठकले पशुमा लाग्ने लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि स्थानीय तह तथा सरोकारवाला निकायले अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ । यसैगरी, आँखा पाक्ने रोगको महामारी नियन्त्रणका लागि नागरिक तहमा स्वास्थ्य प्रोटोकल पालनाको चेतना फैलाउने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

