
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कोही पनि नेपाली पैसाको अभावका कारण उपचार नपाएर मर्नु नपर्ने बताउनुभएको छ ।
शुक्रबार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको अभावका कारण उपचार नपाएर मर्नु नपर्ने बताउनुभएको हो ।
अब उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै उहाँले सरकारले जसरी पनि उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले द्वन्द्वकालका घटनामा घाइते भएकाहरुको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीसँग आग्रह पनि गर्नुभयो ।
मन्त्री बस्नेतले अचेल सरकारी अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको बताउनुभयो । सरकारले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरुलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उनले सबै ठाउँहरुमा सुधार भइरहेको दाबी गर्नुभयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

