
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
बिहीबार बिहान एक्कासि ‘ब्लड प्रेसर लो’ भएपछि महराजगन्जस्थित मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।
मन्त्री गुरुङका स्वकीयसचिव प्रेमप्रकाश केसीले मुटुको चाप तलमाथि भइरहेकाले लगाइएको ‘हल्टर मोनिटर’ अहिले निकालिएको जानकारी दिनुभयो। उहाँलाई अहिले ‘अब्जर्वेशन’ मा राखिएको छ ।
मन्त्री गुरुङलाई हाल त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरिरनुभएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

