
जनस्वास्थ्य सरोकार, पाल्पा । पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थागित गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नदिएपछि अस्पतालले कार्यक्रम रोकेको हो ।
बोर्डले सम्झौता अनुरुप काम नगरेको र समयमै भुक्तानी नदिएकाले सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । बोर्डले अस्पताललाई करिब १४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
अस्पतालले सेवा स्थगित गरेपछि सेवा लिन आउने हजारौं बिमित सेवाबाट बञ्चित भएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

