जनस्वास्थ्य सरोकार हेटौडा । बागमती प्रदेश सरकारले आगामी भदौ १ गतेबाट प्रदेश सरकार मातहतका १३ अस्पतालहरुमा सामान्य शय्याहरू निःशुल्क गर्ने भएको छ ।

यो सँगै सर्वसाधारणले ८११ शैय्याबाट निःशुल्क सेवा प्राप्त गर्न पाउने छन् । निःशुल्क शय्या उपलब्ध गराउन अस्पतालहरूलाई पत्रसहित निर्देशनसमेत गरिएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयलका सूचना अधिकारी डा. रविन भुसालका अनुसार, स्वास्थ्य मन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एनआईसीयू र आइसियु बाहेक शय्या निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय भएको गोरखापत्रमा रामणी दाहालले समाचार लेख्नुभएको छ ।
प्रदेशभित्रका सबै सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरूमा सामाजिक सेवा एकाइ अनिवार्य रूपमा स्थापना गर्नुपर्ने र सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्ग (वर्ग क र ख), विपन्न, बेवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्ने निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्न मन्त्रालयले निर्देशन दिइएको उल्लेख छ । यस्तै प्रदेश मातहतका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पुनर्स्थापना र फिजियोथेरापी सेवा निःशुल्क रूपमा उपलब्ध हुने भएको छ ।
स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य सेवामाथि नागरिकको पहुँच वृद्धि गर्न प्रदेश सरकारले अस्पतालको शय्या निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ । उहाँले सरकारले निःशुल्क गरेको सेवाहरू लिन नागरिकलाई आग्रह गर्नुभएको उल्लेख छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
