जनस्वास्थ्य सरोकार हेटौडा । बागमती प्रदेश सरकारले आगामी भदौ १ गतेबाट प्रदेश सरकार मातहतका १३ अस्पतालहरुमा सामान्य शय्याहरू निःशुल्क गर्ने भएको छ ।

यो सँगै सर्वसाधारणले ८११ शैय्याबाट निःशुल्क सेवा प्राप्त गर्न पाउने छन् । निःशुल्क शय्या उपलब्ध गराउन अस्पतालहरूलाई पत्रसहित निर्देशनसमेत गरिएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयलका सूचना अधिकारी डा. रविन भुसालका अनुसार, स्वास्थ्य मन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एनआईसीयू र आइसियु बाहेक शय्या निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय भएको गोरखापत्रमा रामणी दाहालले समाचार लेख्नुभएको छ ।
प्रदेशभित्रका सबै सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरूमा सामाजिक सेवा एकाइ अनिवार्य रूपमा स्थापना गर्नुपर्ने र सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्ग (वर्ग क र ख), विपन्न, बेवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्ने निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्न मन्त्रालयले निर्देशन दिइएको उल्लेख छ । यस्तै प्रदेश मातहतका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पुनर्स्थापना र फिजियोथेरापी सेवा निःशुल्क रूपमा उपलब्ध हुने भएको छ ।
स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य सेवामाथि नागरिकको पहुँच वृद्धि गर्न प्रदेश सरकारले अस्पतालको शय्या निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ । उहाँले सरकारले निःशुल्क गरेको सेवाहरू लिन नागरिकलाई आग्रह गर्नुभएको उल्लेख छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
