
जनस्वास्थ्य सरोकार, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेस प्रदेशका सरकारी अस्पताल रेफरल सेन्टरका रूपमा परिणत हुँदै जानु चिन्ताको विषय भएको बताउनुभयो ।
जिनिस हस्पिटल प्रालिको समुद्घाटन समारोहमा सरकारी अस्पतालको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै उहाँले निजी स्तरबाट सञ्चालन भए पनि उपभोक्तालाई सरल सहज न्यून शुल्कमा उपचार गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा उपराष्ट्रपति यादवले सुरुङ्गा नगरपालिका–५ कुसाहामा निर्मित एक सय शय्याको अस्पतालको उद्घाटन गर्नुभयो । महेन्द्र राजमार्गको किनारमा तेह्र कठ्ठा क्षेत्रफलमा रु तीस करोडको लगानीमा सुविधा सम्पन्न अस्पताल निमार्ण भएको हो।
अस्पतालका सञ्चालक डा. बिजेन्द्र यादवका अनुसार एक महिनासम्म सबै किसिमका ल्याब जाँचदेखि लिएर अस्पतालमा उपलब्ध सेवाहरू निःशुल्क रहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
