
जनस्वास्थ्य सरोकार, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेस प्रदेशका सरकारी अस्पताल रेफरल सेन्टरका रूपमा परिणत हुँदै जानु चिन्ताको विषय भएको बताउनुभयो ।
जिनिस हस्पिटल प्रालिको समुद्घाटन समारोहमा सरकारी अस्पतालको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै उहाँले निजी स्तरबाट सञ्चालन भए पनि उपभोक्तालाई सरल सहज न्यून शुल्कमा उपचार गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा उपराष्ट्रपति यादवले सुरुङ्गा नगरपालिका–५ कुसाहामा निर्मित एक सय शय्याको अस्पतालको उद्घाटन गर्नुभयो । महेन्द्र राजमार्गको किनारमा तेह्र कठ्ठा क्षेत्रफलमा रु तीस करोडको लगानीमा सुविधा सम्पन्न अस्पताल निमार्ण भएको हो।
अस्पतालका सञ्चालक डा. बिजेन्द्र यादवका अनुसार एक महिनासम्म सबै किसिमका ल्याब जाँचदेखि लिएर अस्पतालमा उपलब्ध सेवाहरू निःशुल्क रहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

