
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मेरुदण्डसम्बन्धी शल्यक्रिया अब दूरबिनको माध्यमबाट गरिने भएको छ।
बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउँन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको नोबेल अस्पतालले जनाएको छ।
यो प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, हड्डी खिइएको, नसा जाने भाग साँगुरिएको जस्ता मेरुदण्डसम्बन्धीको शल्यक्रिया दूरबिनको माध्यमबाट गरिनेछ।
यसका लागि आवश्यक समन्वय र सहकार्य गर्न नोबेल अस्पतालले दक्षिण कोरियाको डेजियन युरी अस्पतालसँग सम्झौता गरेको छ। दक्षिण कोरिया पुग्नुभएका नोबेल अस्पतालका उपनिर्देशक एवं न्यूरो विभाग प्रमुख बरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्लेले सम्झौता गर्नुभएको हो ।
सम्झौता पत्रमा नोबेलको तर्फबाट डा. काफ्ले र युरी अस्पतालको तर्फबाट अध्यक्ष चिओल वुङ पार्कले हस्ताक्षर गर्नुभएको छ । सम्झौतानुसार अब युरी अस्पतालका बरिष्ठ चिकित्सकहरूले नोबेल अस्पतालका चिकित्सकहरूलाई ‘इण्डोस्कोपि स्पाइन सर्जरी’ सम्बन्धी विश्वकै नयाँ प्रविधिको प्रयोगका विषयमा सहजिकरण गर्नेछन्।
दूरबिनको माध्यमबाट गरिने मेरुदण्डको शल्यक्रियाका लागि दक्षिण कोरियाको युरी अस्पताल विश्वकै प्रसिद्ध मानिन्छ। नेपाल, भारत, चीन, अमेरिका, थाइल्याण्ड लगायत देशबाट पनि सो अस्पतालमा नयाँ प्रविधिको अनुभव हासिल गर्न चिकित्सकहरू जाने गरेका छन्। सोही अस्पतालसँग सहकार्य गरेर नोबेलले मेरुदण्ड सम्बन्धी शल्यक्रियामा नयाँ प्रविधिको प्रयोग गर्न लागेको हो।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
