
‘मानिसहरूले चिनीको खपत कम गर्न अन्य विकल्पहरू खोज्नुपर्छ, जस्तैः फलफूल वा खाना र पेयहरू, जसमा प्राकृतिक गुलियो होस् र थप गुलियो पदार्थ राखिएको हुनहुँदैन ।’ नेपाल होस् या भारत, घरमा आएका पाहुनालाई चिया पानी सोध्ने चलन छ । पाहुनाले सर्वत वा लस्सीको साटो चिया पिउने इच्छा व्यक्त गरेपछि अर्को प्रश्न उठ्छ कि चिनी भएको चिया वा चिनी नभएको चिया ?
तपाईँले प्रायः पाहुनालाई यसो भनेको सुन्नु भएको होला—‘मैले स्वास्थ्यलाई ध्यानमा राखेर चिनी खान छाडेको छु । आजकल म चिया वा कफीमा ‘सुगर फ्री’ मात्र प्रयोग गर्छु ।’ तर चिनी छोडेर ‘सुगर फ्री’ वा ‘आर्टिफिसियल स्वीटनर’ प्रयोग गर्दा तौल घट्छ भन्ने लाग्छ भने त्यस्तो होइन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यही भनेको छ ।
डब्लुएचओले के भन्छ ?
संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सी र डब्ल्यूएचओले आफ्नो नयाँ दिशानिर्देशमा ननसुगर स्वीटनर (एनएसएस) प्रयोग नगर्न सल्लाह दिएको छ । एनएसएस भनेको गुलियो हुने तर चिनी होइन । डब्लुएचओले केही समीक्षाका आधारमा यो सिफारिस गरेको हो ।
समीक्षाहरूले पत्ता लगाएका छन् कि कृत्रिम गुलियोले वजन घटाउन वा सम्बन्धित रोगहरूको जोखिम कम गर्न मद्दत गर्दैन । यो पनि फेला परेको छ कि चिनीको सट्टा एनएसएस प्रयोग गर्नाले वयस्क वा बच्चाहरूलाई लामो समयसम्म तौल घटाउन मद्दत गर्दैन ।
डब्ल्यूएचओका पोषण र खाद्य सुरक्षा निर्देशक फ्रान्सेस्को ब्रान्का भन्छन्–‘मानिसहरूले चिनीको खपत कम गर्न अन्य विकल्पहरू खोज्नुपर्छ, जस्तैः फलफूल वा खाना र पेयहरू, जसमा प्राकृतिक गुलियो होस् र थप गुलियो पदार्थ राखिएको हुनुहुँदैन ।’ उनकाअनुसार एनएसएसमा कुनै पौष्टिकता हुँदैन । मानिसले आफ्नो स्वास्थ्यमा सुधार ल्याउन चाँडै खानामा चिनीको मात्रा घटाउन थाल्नुपर्छ ।

कृत्रिम गुलियोमा के के पर्दछ ?
एनएसएस टूथपेस्ट, स्किन क्रिम र औषधिहरूमा पनि प्रयोग गरिन्छ, त्यसोभए हामीले यो पनि प्रयोग गर्नुहुदैन ? डब्ल्यूएचओका अनुसार, स्वःहेरचाह र सरसफाईका लागि प्रयोग हुने उत्पादनहरूमा लागू हुँदैन । सामान्यतया प्रयोग हुने एनएसएस सुक्रालोज, एस्पार्टम, निओटेम र स्टेभिया हुन् । भारतको सर गंगाराम अस्पतालका इन्डोक्राइनोलोजी तथा मेटाबोलिज्म विभागका डा. सुरेन्द्र कुमार यी सबै कृत्रिम गुलियो भएको बताउँछन् । यदि तिनीहरू एक वा दुई हप्ताका लागि प्रयोग गरिन्छ भने यो ठीक छ, तर लामो समयसम्म प्रयोगले प्रतिकूल प्रभाव पार्छ । एक उदाहरण दिँदै उनी भन्छन्—‘स्टेभियाको बिरुवाको पातलाई गुलियोका लागि सिधै प्रयोग गर्ने हो भने ठिकै छ, तर जुनसुकै किसिमको प्रशोधित रूपमा अर्थात चक्की प्रयोग गर्दा हानिकारक हुन्छ ।
मधुमेह रोगीहरूले चिनीको सट्टा यस्तो कृत्रिम गुलियो खानु कस्तो हुन्छ भन्ने प्रश्नको जबाबमा डा. कुमार भन्छन्– ‘मधुमेहका बिरामीले कुनै पनि रूपमा एनएसएस लिनुहुँदैन । यदि तपाइँ यसलाई स्वादको लागि लिन चाहनुहुन्छ भने त्यसपछि यसलाई धेरै नियन्त्रित मात्रामा लिनुहोस् ।
डा. सुरेन्द्रका अनुसार कृत्रिम गुलियो चिनीभन्दा ७ सय गुणा बढी शक्तिशाली हुन्छ । तिनीहरूले मस्तिष्कको एक भागलाई असर गर्छ र यसले तपाईंको मेटाबोलिज्मलाई पनि असर गर्छ । यसको असर तपाई धेरै खान थाल्नुहुन्छ र जसका कारण मानिसको तौल बढ्न थाल्छ । त्यसपछि विभिन्न रोग लाग्ने खतरा बढ्छ ।
कस्ता रोग लाग्न थाल्छन् ?
डब्ल्यूएचओका अनुसार एनएसएसको लामो समयसम्म प्रयोगले टाइप–२ मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम बढाउँछ । यसका साथै यसबाट मृत्यु हुने सम्भावना पनि रहन्छ । डा. निरु गेरा एनएसएसको प्रयोगले तौल बढ्नुका साथै रक्तचाप, कोलेस्ट्रोलको समस्या र यसले मुटुसम्बन्धी रोगको जोखिम बढ्ने बताउँछिन् ।
मानिसहरूले आइसक्रिम वा अन्य खानेकुराहरू चिनीमुक्त भएको सोचेर खान्छन्, तर आफूले जे भए पनि क्यालोरी खाइरहेको छ भन्ने बिर्सन्छन् । तिनीहरूले बुझ्नुपर्छ कि यी सबै पदार्थहरू शून्य क्यालोरी होइनन् । यस्तै गर्मीमा मानिसहरु डाइट कोला पिउने गर्दछन् तर यसमा फस्फोरस धेरै पाइन्छ जसले मिर्गाैलालाई असर गर्छ ।
एनएसएसको प्रयोगबाट हुने अन्य रोगका बारेमा डा. सुरेन्द्र कुमार भन्छन्—‘यसको लामो समयसम्म प्रयोगले डिप्रेसन, टाउको दुख्ने, मधुमेह, मुटु रोग, मस्तिष्कघात र क्यान्सरको जोखिम बढ्छ ।’
चिनी कति खाने ?
चिकित्सकहरूका अनुसार गुलियो खाँदा हामीलाई खुसी मिल्छ, जसले तनाव कम गर्छ, तर कति मात्रामा गुलियो खाने भन्ने जान्न पनि जरुरी छ ।
डाक्टरले सन्तुलित मात्रामा चिनी खाने सल्लाह दिन्छन् र यस बाहेक ब्राउन सुगर, मेपल सिरप, मह, सखरलाई चिनीको विकल्पका रूपमा सिफारिस गर्छन् ।
उनका अनुसार हरेक खानेकुरामा चिनी खाँदा शरीरमा यसको मात्रा बढ्छ । चिया, कफी पिउनुअघि मुखको कुनामा अलिकति चिनी हालेर चिनी नभएको सादा चिया पिउनुहोस् । उनी भन्छन्—‘कुनै पनि खानेकुरा अघि यसो गर्न सकियो भने नियन्त्रित स्तरमा खान सकिन्छ र पूरा स्वाद पनि आउँछ ।’ त्यसैगरी सख्खर खाँदा यो कुरामा ध्यान दिनुस् कि यसलाई मुखमा हालेर नचबाउनु, बरु चुसेर खानुहोस् । यसको एउटा फाइदा यो हुनेछ कि तपाईले सख्खर बारम्बार खानु हुन्न र लामो समयसम्म मुखमा राखेर गुलियोको मजा लिन सक्नुहुनेछ । यो भन्दा बढि खाने चाहना रहने छैन । चिकित्सकहरूका अनुसार चिनीले एक किसिमले आनन्दको अनुभूति गराउँछ तर आवश्यकताभन्दा बढी सेवन गर्दा यो शरीरका लागि तीतो हुन सक्छ । —बीबीसी
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
