
जनस्वास्थ्य सरोकार, काठमाडाँै । कोभिड–१९ सङ्क्रमितलाई उच्च रक्तचापको खतरा देखिएको एक नयाँ अध्ययनले बताएको छ । यो रिपोर्ट मेडिकल जर्नल हाइपरटेन्सनमा सोमबार प्रकाशित भएको हो ।
अध्ययनका अनुसार कोभिड–१९ बाट अस्पतालमा भर्ना भएका ५ मध्ये १ जना बिरामी र अस्पताल भर्ना नभएका १० मध्ये एक सङ्क्रमितमा ६ महिनापछि उच्च रक्तचापको समस्या देखिएको हो ।
इन्फ्लुएन्जा र अन्य श्वासप्रश्वास सम्बन्धी रोग भाइरसबाट सङ्क्रमित बिरामीभन्दा कोभिड–१९ बाट सङ्क्रमित बिरामीमा हाइपरटेन्सनको समस्या देखिने सम्भावना दुई गुणा बढी देखिएको पनि अध्ययनमा भनिएको छ ।
अमेरिकाको सेन्टर फर डिजज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार हाइपरटेन्सनसमेत भनिने उच्च रक्तचापले मुटुको समस्या र हृदयाघातको सम्भावना बढ्ने बताएको छ । अमेरिकामा धेरै मानिसको मृत्यु हुने कारण मध्ये यो एक हो ।
सीडीसीका अनुसार देशका आधा वयस्कमा हाइपरटेन्सनको समस्या रहेको छ । सन् २०२१ मा अमेरिकामा यसका कारण ७ लाख मानिसले ज्यान गुमाएका थिए ।
उच्च रक्तचापको मापदण्ड डाक्टरअनुसार फरक–फरक हुन सक्छन् । तर, अमेरिकन हार्ट एसोसिएसन र अमेरिकन कलेज अफ कार्डियोलोजीले १३०/९० भन्दा माथिको अङ्कलाई उच्च रक्तचाप मान्नुपर्ने बताएको छ ।
यो नयाँ अध्ययनमा ४५ हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित तथा १४ हजार इन्फ्लुएन्जाबाट बिरामी भएकाहरूको स्वास्थ्य रिपोर्टको तथ्याङ्क लिइएको थियो । यो अध्ययन सन् २०२० र २०२२ बीचमा न्यूयोर्क सहरमा गरिएको थियो ।–सीएनएन

नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२