
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगी रोग नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानलाई तीब्र दिएको छ ।
महानगरपालिकाले नेपालमै पहिलो पटक लाम्खुट्टेको लार्भा नस्ट गर्ने जैविक औषधि ‘वायो लार्भिसिद’ प्रयोग गर्न लागेको हो ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका अनुसार ‘वायो लार्भिसिद’ कोे प्रयोगले लामखुट्टे र त्यसका लार्भाबाहेक कसैलाई हानी पुर्याउँदैन । ‘यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ’, मेयर शाहले भन्नुभयो ।
यो औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने बताईएको छ ।
लार्भा नष्ट गर्ने अभियानका लागि महानगरले ६४ जना नगर प्रहरी खटाएको छ । उनीहरु वायो लार्भिसाइडसहित हरेक वडामा जानेछन् । पानी जमेको ठाउँ खोज्नेछन् । त्यहाँ लार्भिसाइड छर्किनेछन् । यसका लागि सोमबार राष्ट्रिय सभा गृहबाट कार्यक्रम आरम्भ गर्दै फिल्डमा जाने नगर प्रहरीहरुलाई प्राविधिक र व्यवहारिक सिप सिकाइएको थियो ।
यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
