
साना बालबालिकाहरू बोल्न सक्दैनन् र आफ्नो समस्या भन्न सक्दैनन् । खासगरी दृष्टिदोष (रिपे्रmक्टिभ एरर), अल्छि आँखा (एमब्लायोपिया), छड्के आँखा, जन्मजात हुने मोतिबिन्दु, जलबिन्दु, आँखामा लाग्ने चोटपटक, संक्रमण (आँखा पाक्ने) र एलर्जीसम्बन्धी समस्याहरू, रतन्धो आदि बालबालिकाको आँखामा देखिने प्रमुख समस्या मानिन्छ । यसका साथै पर्दा सम्बन्धी समस्याहरूमा ‘रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी’, ‘रेटिनैटीस पिग्मेंटोसा’ ‘रेटिनल डिसट्रोफी आदि पनि आँखामा देखा पर्ने महत्वपूर्ण रोगहरु हुन् ।

विश्व स्वास्थ्य संगठनले बाल अन्धोपनलाई प्रमुख प्राथमिकताका रोगहरूको सूचीमा राखेको छ । साना बालबालिकाहरूमा आँखा दुख्ने, रातो हुने, दृष्टि कमजोर हुने जस्ता समस्या देखिनसक्छ ।
बाल्यावस्थामा लागेका आँखाका रोगहरू समयमै पत्ता लगाएर उपचार गर्नुपर्छ । अन्यथा आँखा अल्छि भएर जान्छ । यसरी अल्छि भएको आँखाको उपचार ठूलो भएपछि सम्भव हुँदैन ।
आँखाको कालो नानीमा सेतो देखिने, कुनै पनि वस्तु हेर्दा मुन्टो तथा अनुहार बङ्ग्याउने, आँखा छड्के देखिने, आँसु आउने, धेरै आँखा झिम्क्याउने वा रातो हुने, आँखा चिलाइरहने, नजिकबाट टेलिभिजन देख्ने बालबालिकाहरूमा हुने आँखासम्बन्धि समस्याका लक्षण हुन् ।
बालबालिकाहरूमा आँखासम्बन्धि समस्याहरूमध्ये दृष्टि दोष (रिफ्रेक्टिभ इरर) नै धेरै पाएकी छु । दृष्टि दोष भनेको आँखामा चश्मा लगाउनुपर्ने समस्या हो । साधारणतया धेरैलाई हुने दृष्टि दोषको समस्या हो । यसलाई रोगभन्दा पनि आँखाको अवस्था भन्ने गर्छु । यसमा रेटिनामा दृष्य फोकस हुँदैन । त्यसैले बाहिरबाट चश्मा लगाएपछि मात्र लाइट फोकस हुन्छ ।
बालबालिकाहरूको आँखाको समस्या बेलैमा पहिचान गर्नुपर्छ । उल्लेखित लक्षणहरू देखिएमा तुरुन्तै आँखा जाँच गराउनुपर्दछ । त्यसबाहेक जन्मेको ४५ दिनदेखि दुई महिनामा एक पटक, ६ महिनामा एक पटक, स्कूल भर्नाको समय (३–४ वर्ष) मा एक पटक आँखा जँचाउन जरूरी हुन्छ ।
८–१० वर्ष नपुगुन्जेलसम्म प्रत्येक वर्ष आँखा जाँच गराउनुपर्छ । यसका साथै कम तौल भएका र उमेरभन्दा पहिले जन्मिएका शिशुहरु (प्रिम्याच्योर बेबी) को जन्मेको एक महिनादेखि ६ हप्ताभित्रमा आँखा जाँच गराउनुपर्दछ ।
(डा. अधिकारी तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ ।)
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
