
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालको पर्यटन क्षेत्रमा एड्भेञ्चर हबको रुपमा रहेको द क्लिफ नेपाल र ह्याम्स अस्पतालबिच आफ्ना सेवासुविधामा सहयोग गर्ने सम्झौता भएको छ ।
अस्पतालका तर्फबाट अध्यक्ष आरएस भण्डारी र क्लिफका तर्फबाट अध्यक्ष राजु कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार ह्याम्स अस्पतालले क्लिफका कर्मचारी तथा सदस्यलाई ओपीडी तथा आइपिडि सेवामा १० प्रतिशत छुट, फार्मेसीमा ५ प्रतिशत र हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशत छुट दिनेछ । साथै ह्याम्सले द क्लिफका कर्मचारी र सदस्यहरुको लागि हेल्थ अवारनेस प्रोग्राम गर्ने बताइएको छ ।
यस्तै क्लिफले ह्याम्स अस्पतालका सदस्य तथा कर्मचारीलाई हरेक सेवा तथा सुविधामा १५ प्रतिशत छुट दिने छ । द क्लिफले ह्याम्स अस्पताललाई मेडिकल पार्टनरको रुपमा बजारिकरण गर्ने सम्झौता उल्लेख छ ।
क्लिफमा हुने हरेक कार्यक्रममा ह्याम्स अस्पताललाई हेल्थ पार्टनरको रुपमा प्रवर्द्धन गरिनेछ । द क्लिफको वेवसाइटमा समेत ह्याम्स अस्पतालको लोगो राखिने सम्झौतामा उल्लेख छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

