
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्काले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
यही भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राका साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ । उहाँले बुस्टर डोज लगाउन छुटेकाका लागि पनि पहिलो बुस्टर डोज दिइने बताउनुभयो । उहाँले दोस्रो बुस्टर कम भएकाले लगाउने सङ्ख्या कम भएकाले पनि अभियान सञ्चालन गर्नुपरेको बताउनुभयो ।
सूचना अधिकारी खड्काले बुस्टर डोज लगाउन छुट भएकालाई लगाउन आग्रह गर्नुभएको छ । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, नगर अस्पताल र सरकारी तथा गैरसरकारी अस्पतालमा खोप लगाइनेछ ।
यसअघि नियमितरूपमा कार्यालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताललगायत अस्पतालबाट खोप उपलब्ध गराउँदै आएको थियो ।
अहिले कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै घटेको छ । शून्य सङ्ख्यामा समेत सङ्क्रमण घटेको पाइएको छ । भदौ ५ गते एक सय ६१ जनामा गरिएको परीक्षणमा तीन जनामा सङ्क्रमण देखिएको थियो । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
