
बालबालिकाको आँखामा लाग्ने क्यान्सरलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ । यो प्रायः ५ वर्ष मुनिका बालबालिकाहरूमा हुने गरेको पाइन्छ । यो आँखाबाट पलाएर शरीरका अन्य भागमा फैलिने हुनसक्छ । यसबाट आँखाको दृष्टिको जोखिम बढ्छ । आँखाको नानीमा सेतो टिका वा बत्ति जस्तो देखिने शुरूवाती लक्षण हुन् । सुरुवाती अवस्थामा नै उपचार गर्न नसके आँखाको गेडी आफ्नो घरभन्दा बाहिर निस्केर आउने र आँखामा मासु पलाउनसक्छ ।
रोग लाग्ने बित्तिकै उपचार शुरु गर्न सकेमा आँखाको गेडी र बिरामीको ज्यान दुवै बचाउन सकिन्छ । तर यस्तो रोग लागेका बिरामी हामीकहाँ आइपुग्दा निकै ढिलो भइसकेको हुन्छ । यस्तो अवस्थामा सबै पद्धतिबाट उपचार गर्दागर्दैपनि आँखालगायत ज्यासमेत बचाउन मुस्किल पर्छ ।

अन्तराष्ट्रिय क्षेत्रमा गरिएका विभिन्न अध्ययनहरूले विश्वमा १५ हजार बालबालिकामध्ये एक जनामा रेटिनोब्लास्टोमा देखिने उल्लेख गरेका छन् ।
नेपालमा वर्षमा ४० —५० जना बालबालिकामा रेटिनोब्लास्टोमा हुने अनुमान गरिएको छ । यो वंशाणुगत र आणुवांशिक परिवर्तनका कारण देखिनसक्छ ।
आँखाको क्यान्सरमा पनि शल्यक्रिया, किमो र रेडियसनको महत्वपूर्ण भूमिका हुन्छ । लक्षणको आधारमा उपचार शुरू गर्नुपर्छ । यसको उपचार गर्न महिनौं लाग्नसक्छ । यो रोग निकै छिटो फैलन्छ । त्यसैले सुरूमै उपचार थालेमा जटिल समस्याबाट जोगाउन सकिन्छ । यसबारे सबै अभिभावक, दुर दराजमा बसेका प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा प्रदायकहरूदेखि बालबालिकासँग धेरै सम्पर्कमा रहने शिक्षक, समाज र परिवारका अन्य सदस्यले यस रोगका लक्षण बारे थाहा पाउन जरुरी हुन्छ ।
(डा. राजकर्णिकार तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ ।)
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
