
बालबालिकाको आँखामा लाग्ने क्यान्सरलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ । यो प्रायः ५ वर्ष मुनिका बालबालिकाहरूमा हुने गरेको पाइन्छ । यो आँखाबाट पलाएर शरीरका अन्य भागमा फैलिने हुनसक्छ । यसबाट आँखाको दृष्टिको जोखिम बढ्छ । आँखाको नानीमा सेतो टिका वा बत्ति जस्तो देखिने शुरूवाती लक्षण हुन् । सुरुवाती अवस्थामा नै उपचार गर्न नसके आँखाको गेडी आफ्नो घरभन्दा बाहिर निस्केर आउने र आँखामा मासु पलाउनसक्छ ।
रोग लाग्ने बित्तिकै उपचार शुरु गर्न सकेमा आँखाको गेडी र बिरामीको ज्यान दुवै बचाउन सकिन्छ । तर यस्तो रोग लागेका बिरामी हामीकहाँ आइपुग्दा निकै ढिलो भइसकेको हुन्छ । यस्तो अवस्थामा सबै पद्धतिबाट उपचार गर्दागर्दैपनि आँखालगायत ज्यासमेत बचाउन मुस्किल पर्छ ।

अन्तराष्ट्रिय क्षेत्रमा गरिएका विभिन्न अध्ययनहरूले विश्वमा १५ हजार बालबालिकामध्ये एक जनामा रेटिनोब्लास्टोमा देखिने उल्लेख गरेका छन् ।
नेपालमा वर्षमा ४० —५० जना बालबालिकामा रेटिनोब्लास्टोमा हुने अनुमान गरिएको छ । यो वंशाणुगत र आणुवांशिक परिवर्तनका कारण देखिनसक्छ ।
आँखाको क्यान्सरमा पनि शल्यक्रिया, किमो र रेडियसनको महत्वपूर्ण भूमिका हुन्छ । लक्षणको आधारमा उपचार शुरू गर्नुपर्छ । यसको उपचार गर्न महिनौं लाग्नसक्छ । यो रोग निकै छिटो फैलन्छ । त्यसैले सुरूमै उपचार थालेमा जटिल समस्याबाट जोगाउन सकिन्छ । यसबारे सबै अभिभावक, दुर दराजमा बसेका प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा प्रदायकहरूदेखि बालबालिकासँग धेरै सम्पर्कमा रहने शिक्षक, समाज र परिवारका अन्य सदस्यले यस रोगका लक्षण बारे थाहा पाउन जरुरी हुन्छ ।
(डा. राजकर्णिकार तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ ।)
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२

