नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली न्युरोसर्जरी क्षेत्रमा सक्रिय शल्यचिकित्सकहरुको छाता संगठन नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसोन) को नयाँ कार्यसमिति गठन भएको छ ।
नवगठित कार्यसमितिका अध्यक्षमा प्रा.डा. राजिव झा चयन हुनुभएको छ । उहाँसँगै प्रेसिडेन्ट इलेक्ट (अध्यक्ष–निर्वाचित) मा प्रा.डा. अमित थापा चयन हुनुभएको छ जसले आगामी कार्यकालमा अध्यक्ष पद सम्हाल्ने जिम्मेवारी लिनुहुनेछ ।
कार्यसमितिका अन्य पदाधिकारीहरुमा
- उपाध्यक्षः डा. सुरज थुलुङ
- महासचिवः डा. बिनोदराज भण्डारी
- कोषाध्यक्षः डा. समिर अर्याल
- सह–सचिव (काठमाडौं उपत्यका): डा. सोमराज लामिछाने
- सह–सचिव (उपत्यका बाहिर): डा. किरण निरौला
त्यस्तै सदस्यहरूमा डा. अञ्जन सिंहकार्की, डा. नरेन्द्रप्रसाद बास्कोटा, डा. पवन कुमार श्रेष्ठ, डा. प्रशन्ना कार्की, डा.प्रितम गुरुङ र डा.शिखर श्रेष्ठ चयन हुनुभएको छ ।
आगामी २ वर्षसम्मका लागि चयन भएको नयाँ नेतृत्वले संस्थाको एकेडेमिक, क्लिनिकल विकास र अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउने योजना अघि सार्ने अपेक्षा गरिएको छ ।
साथै नयाँ नेतृत्वले न्युरोसर्जरी सेवा, अनुसन्धान, तालिम तथा देशभर न्युरोसर्जरी पहुँच विस्तारका कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

