नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली न्युरोसर्जरी क्षेत्रमा सक्रिय शल्यचिकित्सकहरुको छाता संगठन नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसोन) को नयाँ कार्यसमिति गठन भएको छ ।
नवगठित कार्यसमितिका अध्यक्षमा प्रा.डा. राजिव झा चयन हुनुभएको छ । उहाँसँगै प्रेसिडेन्ट इलेक्ट (अध्यक्ष–निर्वाचित) मा प्रा.डा. अमित थापा चयन हुनुभएको छ जसले आगामी कार्यकालमा अध्यक्ष पद सम्हाल्ने जिम्मेवारी लिनुहुनेछ ।
कार्यसमितिका अन्य पदाधिकारीहरुमा
- उपाध्यक्षः डा. सुरज थुलुङ
- महासचिवः डा. बिनोदराज भण्डारी
- कोषाध्यक्षः डा. समिर अर्याल
- सह–सचिव (काठमाडौं उपत्यका): डा. सोमराज लामिछाने
- सह–सचिव (उपत्यका बाहिर): डा. किरण निरौला
त्यस्तै सदस्यहरूमा डा. अञ्जन सिंहकार्की, डा. नरेन्द्रप्रसाद बास्कोटा, डा. पवन कुमार श्रेष्ठ, डा. प्रशन्ना कार्की, डा.प्रितम गुरुङ र डा.शिखर श्रेष्ठ चयन हुनुभएको छ ।
आगामी २ वर्षसम्मका लागि चयन भएको नयाँ नेतृत्वले संस्थाको एकेडेमिक, क्लिनिकल विकास र अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउने योजना अघि सार्ने अपेक्षा गरिएको छ ।
साथै नयाँ नेतृत्वले न्युरोसर्जरी सेवा, अनुसन्धान, तालिम तथा देशभर न्युरोसर्जरी पहुँच विस्तारका कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२

