
जनस्वास्थ्य सरोकार, दाङ । यातायात व्यवस्था कार्यालय तुल्सीपुरले आजदेखि सवारी चालक अनुमति पत्र लिने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयबाटै सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा सुरु गरेको छ।
कार्यालय प्रमुख रमेश गौतमले सेवाग्राहीको सुविधालाई मध्यनजर गरी स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले कार्यालयको १३ नं कोठाबाट सेवा दिन थालेको बताउनुभयो । सो सेवा लिने सेवाग्राहीबाट ३८ मात्रै शुल्क लिइने पनि कार्यालय प्रमुख गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्य परीक्षणसम्बन्धी सेवा कार्यालयबाटै उपलब्ध हुने भएपछि सेवाग्राहीलाई सहजता हुने बताउनुभयो । यसअघि सेवाग्राहीले सो सेवा कार्यालय बाहिर रहेका पसलबाट चर्को मूल्यमा लिने गरेका थिए। उनीहरुले स्वास्थ्य सेवा लिएबापत तीन सय शुल्क तिर्दै आएका थिए। रासस
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

