
जनस्वास्थ्य सरोकार, जाजरकोट । नलगाड नगरपालिका ४ स्यालपाटाकी हजारी वली बिरामी परेर थलिएको दुई हप्ता बित्यो । वलीलाई ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, रुघाखोकी लगायत समस्या देखिएको छ ।
घरमै घरेलु उपचार गरेर निको नभएपछि वलीलाई नलगाड ३ कैना स्थित निजी मेडिकलमा लिएर उपचार गरेको उहाँका श्रीमान गोविन्द वलीले बताउनुभयो ।
यसैगरी टोपबहादुर पन्तलाई पनि ज्वरो, टाइफाइड, रुघाखोकीले सताएको छ । पन्त एक हप्तादेखि बिरामी परेर थलिनु भएको छ । पन्नले नगर अस्पताल दल्लीमा गएर उपचार गराउनु भयो । चिकित्सकले टाइफाइड भएको बताए । वली र पन्त त बिरामी केही प्रतिनिधि उदाहरण मात्र हुन । गाउँ भर यसैगरी बिरामी थलिएका छन् ।
स्वास्थ्य संस्थाहरूमा दैनिक भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकीलगायत बिरामीको चाप बढ्दै गएको स्वास्थ्य चौकी लहँका इन्चार्ज भुपेन्द्र राज गिरीले बताउनु भयो । मौसम परिवर्तन भएसँगै स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढिरहेको छ, गिरीले भन्नु भयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

