
आँखा उपचारका लागि नेतादेखि सर्बसाधारण कोही पनि विदेश जानुपर्दैन । नेपालमा सबैखाले आँखा रोगको उपचार हुने गरेको छ । अत्याधुनिक प्रविधि तथा उपकरणहरु भित्रिसकेका छन् । तर सरकारी अस्पताल भएपनि बिरामीहरुलाई निजी अस्पताल आएजस्तो अनुभूति दिलाउन सक्नुपर्छ । विशेषगरी सरसफाई, बाथरुम, बगैचा, हाइजेनिक क्यान्टिन लगायत व्यवस्थापन सम्बन्धि सम्पूर्ण कुराहरूमा ध्यान दिन जरूरी हुन्छ । यसप्रति मेरो ध्यान केन्द्रित छ ।
कसरी दिन सकिन्छ गुणस्तरीय सेवा
काम प्रति निष्ठावान र लगनशील हु्नुपर्छ । सकारात्मक सोच लिनुपर्छ । नयाँ प्रविधिसँग जानकार हुनुपर्छ । बिरामीसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ र वास्तविक समस्या पहिचान गर्न सक्नुपर्छ ।

मन देखिनै ‘ह्यूमन टच’ को भावना जागृत हुनुपर्छ । बिरामीलाई आफ्नै परिवारको सदस्य सम्झेर औषधोपचार गर्नुपर्छ । ज्ञान, क्षमता, सीप र सञ्चार कौशल पनि उकृष्ट हुनुपर्छ ।
यसरी बिरामीले आँखा देख्न सक्ने भएपछि उनीहरुबाट पाउने माया, सद्धभाव र आशिर्वादलाई शब्दमा ब्याख्या गर्न सकिदैँन । बिरामीले आँखा देख्न सक्ने भएर जब खुशीले झुम्न र रमाउन थाल्छन् त्यहीँ भगवान देख्न सक्नुपर्छ ।
धनिलाई शुल्क: गरिबलाई निःशुल्क
गुणस्तरीय उपचार सेवामा जोड दिनुपर्छ । यो धनी, गरीव र मध्यमवर्गीय सबै नेपाली जनताको अस्पताल हो । सधैं धनि मानिस मात्र उपचारका लागि किन विदेश जाने ? उनीहरुको उपचार स्वदेशमै गरेर देशले आर्थिक लाभ लिन सक्नुपर्छ ।
पैसा तिर्न सक्नेबाट अलिक बढी शुल्क लिएर गरिब जनताको निशुल्क औषधि उपचार गर्नुपर्छ । मेरो रणनीति पनि त्यस्तै छ

सीप हस्तान्तरण
सीप हस्तान्तरण चुनौतिको विषय हो । डा. शशांक कोइरालाले आफ्नो सीप हामीलाई छोड्नुभयो । अब हाम्रो सीप पछिल्लो पुस्तालाई हस्तान्तरण गर्दैछौं । सीप हस्तान्तरण भएमा समग्र स्वास्थ्य क्षेत्र प्रभावकारी हुन्छ । गुणस्तरीय स्वास्थ्य सेवासँगै सीपयूक्त जनशक्ति उत्पादनमा विशेष जोड दिनुपर्छ । समय र परिस्थिति अनुसार परिवर्तन हुनसक्नुपर्छ । सीप हस्तान्तरणसँगै केही फरक र नयाँ कामको थालनी गर्नुपर्दछ ।
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
