
जनस्वास्थ्य सरोकार, काठमाडौं । ‘सगरमाथा जस्तो तिम्रो आत्मविश्वासलाई कुनै पनि परिस्थितिले हराउन सक्दैन भन्ने बुझ्न मलाई धेरै समय लागेन । आज मेरो लागि, यो अवस्था कल्पना भन्दा बाहिर छ । तर तिमी यति सजिलै सँग व्यवहार गर्दै छौ । तिमीसँग धेरै शारीरिक पीडाहरू छन् । तर अझै पनि तिम्रा सानाहरूका साथ सबै कुरा सजिलो बनाउन सक्ने क्षमता छ । ढाडको हड्डी भाँचिएको छ । यसलाई ठीक गर्न बाँकी थियो । धेरै इच्छा र आकांक्षाहरू जोडिन बाँकी छन् । यस्तो अवस्थामा क्यान्सर जस्तो अझ खतरनाक रोगले आक्रमण ग¥यो । तर पनि म तिम्रो आत्मविश्वास उस्तै देख्छु । तिमीसँग आफ्नो सबै समस्याहरू सजिलै जित्ने क्षमता छ । शिघ्र स्वास्थ्य लाभको कामना ।’ — उहाँका श्रीमान मुरारि गुरागाइँले लेखेको स्टाटसमा उल्लेख छ ।
छन्द कविता एवं आदिकवि भानुभक्त आचार्यको रामायणका श्लोकहरू मीठो शैलीमा वाचन गरेर ख्याति कमाएकी आफ्नी श्रीमती सरु गुरागाईं घाँटीको थायराइड क्यान्सरबाट पीडित भएपछि उहाँले सो स्टाटसमार्फत जानकारी गराउनुभएको हो ।

परिवारसहित अमेरिकाको ओहायो शहरमा बस्दै आएकी गुरागाईंको सोही ठाउँमा रहेको युनिभर्सिटी अफ केन्टकी युके हस्पिटलमा उपचार भइरहेको छ । घाँटीको लिम्फनोडमा क्यान्सर फैलिसकेको अवस्थामा हिजो उहाँको थाइराइडको सर्जरी भएको र ‘रिकभरि’ को चरणमा रहेको एवं परीक्षणका रिपोर्ट पश्चात् थप उपचार प्रक्रियाबारे थाहा हुने पारिवारिक श्रोतले जनाएको छ ।
सरूका श्रीमान मुरारि गुरागाईले फन्ड मी मार्फत आर्थिक सहयोगको लागि अपिलसमेत गर्नुभएको छ ।
मुरारिले सहयोगको अपेक्षा गर्दै भनेका छन्—‘मेरी जीवनसङ्गीनी, बच्चाहरू (वर्ष ७ र २२ महिना) की आमा, यहाँहरूकै प्रीय रामायण वाचिका तथा छन्द कविता वाचिका सरू गुरागाईँ विगत एक वर्षदेखि हाडजोर्नी सम्बन्धि समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेकी छिन् । यस्तो असहज र अकल्पनीय परिस्थिति जसको कारणले उनको अति प्रीय छन्द कविता वाचनको काम पूर्ण रूपमा रोक्किएको छ । शीघ्रातिशीघ्र पुर्ववत अवस्थामा फर्किएर पुनः आफ्ना प्रस्तुतिहरू यहाँहरू समक्ष लिएर आउने हाम्रो अभिलाषा र यहाँहरूको अनुरोध पूरा गर्न हामी हजुरहरूसमक्ष सहयोगको अपील गर्नको निम्ति बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । जसको लागि यहाँहरूले स्वेच्छिक सहयोग गर्न सक्नुहुनेछ । पुनः मीठा मीठा छन्द कविताहरू श्रवण गर्न सरू गुरागाईँको शीघ्र स्वास्थ्य उपचार र स्वास्थ्यलाभको निमित्त यहाँहरूबाट प्राप्त हुने सहयोग, सद्भाब र शुभेक्षाका प्रती अनुग्रहित छौ र हुनेछौं ।’
नेपालमा इलाम घर भएका उनीहरु केही समयदेखि अमेरिकामा बस्दै आएका छन् । गुरागाईं दम्पत्तिका ७ वर्ष र २२ महिनाका दुई सन्तान छन् ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

