
जनस्वास्थ्य सरोकार, बाँके । बाँकेमा सिजनल भाइरलफ्लूबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढेको छ । बाँकेको भेरी अस्पताल लगायत अन्य निजी अस्पताल र मेडिकलहरूमा सिजनल भाइरल फ्लूका बिरामीहरूले भरिन थालेका छन् । सामान्य अवस्थामा भन्दा अहिले धेरै बिरामी स्वास्थ्य परीक्षणका लागि अस्पताल आइरहेको अस्पतालहरूले जानकारी दिएका छन् ।
घाम लागेको बेला वर्षा वा वर्षा भइरहेको बेला घाम लाग्ने गरेका कारण यस्ता बिरामीहरूको सङ्ख्या बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । भाइरलको सङ्क्रमण हुन लागेका वा भइसकेकाहरूमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम नहुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण देखापर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज , कोहलपुर मेडिकल कलेज, लगायतका अस्पतालमा भाइरलको सङ्क्रमणका बिरामीको चाप बढेको छ । सिजनल भाइरलफ्लूबाट सङ्क्रमण भएको महसुस भएमा आराम गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । घामपानीको वातावरण बालबालिकाहरूको स्वास्थ्यको लागि प्रतिकुल नहुँदा बालबालिकाहरू धेरै सङ्ख्यामा बिरामी परिरहेको चिकित्सकको भनाई छ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
