
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको पुल्चोकस्थित नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरबाट आठ वर्षको अवधिमा ६ सय भन्दा बढाले आँखाको सफल कस्मेटिक सर्जरी सेवा प्राप्त गरेका छन् ।
आँखा तथा कस्मेटिक सर्जरीमा केन्द्रित भएर सेवा प्रदान गरिरहेको सेन्टरको आठौं बार्षिक समाहारोहमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । नायिका गौरी मल्लको आतिथ्यमा सम्पन्न सो समारोहमा चिकित्सकलगायत दर्जनौंको उपस्थिति रहेको थियो ।
सेन्टरकी अकुलोप्लाष्टि सर्जन डा. पुजा राजभण्डारीका अनुसार, आँखाको प्लास्टिक सर्जरी जस्तै, उमेरका कारण आँखाको डिल बाहिर वा भित्र फर्केको उपचार, आँखाको ढकनी तल झरेको उपचार, आँखाको मुन्द्री बनाउने, मंगोलियन आइलिड सर्जरी, आँखाको बोसो हटाउने, चाउरीपना हटाउने ‘बोटक्स’, रोगका कारण आँखाबाट आँशु वा पिप बगिरहने, आँखा वरीपरि बोसो, मुसा, मासुको डल्लो र ट्यूमर हटाउने सेवाले निरन्तरता पाइरहेको छ ।
त्यसबाहेक आँखाको सम्पुर्ण चेकअप, दृष्टि दोष, मधुमेह, थाइराइड, बाथरोग र शरीरका अन्य भागमा लागेको रोगका कारण आँखामा हुने गरेका अन्य समस्याको समेत जाँच तथा उपचार हुने उहाँको भनाई छ । सेन्टरले वार्षिक उत्सवको अवसमा पाँच दिनका लागि निःशुल्क परामर्श, कस्मेटिक सर्जरी तथा आँखा रोगको परामर्श दिने उद्देश्यले ‘आइ अन स्क्रिन’ अभियान सुरु गरेको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी गराउनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

