
जनस्वास्थ्य सरोकार, वालिङ । स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो।
केन्द्र सञ्चालनमा आएसँगै वालिङमा सञ्चालनमा रहेका डायलासिस सेन्टर, प्रसूति गृह तथा आकस्मिक दुर्घटनाका बिरामीलाई सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो।
यहाँ स्थापना भएको केन्द्रमार्फत स्याङ्जाको वालिङ, भीरकोट, चापाकोट, गल्याङ, कालीगण्डकीसहित दक्षिण पर्वतका बिरामीलाई सहज हुने छ।
‘वालिङका बिरामीका लागि पाल्पा, पोखरालगायत ठाउँबाट रगत ल्याउनुपथ्र्यो’, उहाँले भन्नुभयो, ‘अब अस्पतालमै केन्द्र स्थापना भएपछि अन्यत्र जानुपर्ने बाध्यता हटेर जानेछ।’
वालिङमा रक्त सञ्चार केन्द्र आवश्यक देखिएपछि जिल्ला रेडक्रस सोसाइटीसँग समन्वय गरेर अस्पतालमा केन्द्र सञ्चालनमा ल्याइएको वालिङका नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो। नगरपालिकाले केन्द्र स्थापना र सञ्चालनका लागि नीति, कार्यक्रम तथा बजेटमार्फत नै सम्बोधन गरेको उहाँको भनाइ छ।
केन्द्रको व्यवस्थापन जिल्ला रेडक्रस सोसाइटीले गर्ने तथा अन्य काम नगरपालिका र अस्पताल प्रशासनले गर्ने सहमति भएको रेडक्रसका जिल्ला अध्यक्ष दिनेश अर्यालले बताउनुभयो।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

